डडेल्धुरा : समाजसेवी विनय प्रकाश मल्लले डडेल्धुराको अमरगढी नगरपालिका- ६ का ४ जनालाइ खाद्यान्न सहयोग गरेका छन्।
उनले दुमडा निवासी जानकी टमटा ,।एलिशा ताम्राकार र सोही वडा छचोडा निवासी मनिशा ताम्राकार र सावित्री ताम्राकारलाई खाद्यान्न सहयोग गरेका हुन्।
मल्लले प्रतिव्यक्ति १ कट्ठा चामल, २ किलो दाल, २ पोका तेल, नुन र मसला गरि ४ जनालाई खाद्यान्न सहयोग गरेका हुन्।
समाजसेवी मल्लले विगत ८ वर्षदेखि डडेल्धुराका विभिन्न क्षेत्रमा रहेको दिनदुखीलाई राहत, स्वास्थ्य उपचार, शिक्षा, बिधालयमा शैक्षिक सामग्री, पढ्नबाट बञ्चित भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, मठमन्दिर निर्माण तथा कला संस्कृतिहरुलाई जेगर्ना गर्नका लागि सहयोग गर्दै आईरहेका छन्। डडेल्धुरा घर भएका मल्ल हाल जापानमा छन्।
Facebook Comments Box