कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको आरोप लगाउँदै नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्वास समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
पुनर्वास नगरपालिकामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दोहन भएको जनगुनासो आएपछि आफूहरुले नगरपालिकालाई खबरदारी गरेको रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने र सिमावर्ती भारतीय बजारमा किनमेल गर्न सरकारी सवारी साधन लैजाने गरिएको जनगुनासो बढेपछी नगरपालिकाको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments Box