काठमाडौँ: नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रूपमा पहिलो पटक दर्ता भएको छ।
यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो।
यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायात कार्यालयमा दर्ता हुन नसक्दा सरकारको आलोचना भएको थियो।
संसद्मा समेत यस विषयमा कुरा उठेपछि सरकारले फास्ट ट्रयाकमा कानुन संशोधन गर्दै नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता हुने प्रक्रिया सुरु गरेको हो।
सन् २०१७ मा कम्पनी स्थापना गरी २०२१ देखि मोटरसाइकल उत्पादन थालेको यात्रीले पहिलोपटक आधिकारिकता पाएको छ म।
Facebook Comments Box