डडेल्धुरा: सुदूरपश्चिम समाज कोरियाले दक्षिण कोरियाको खेङ्गिदो, दोन्दुछ्नमा सेल्टर स्थापना गरेको छ।
नेपालबाट रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएर अलपत्र परेका तथा कार्यस्थल परिवर्तन गर्दा बस्ने स्थान नपाउने समस्यालाई मध्यनजर गर्दै सेल्टर स्थापना गरिएको हो।
उक्त सेल्टरको समाजका वरिष्ठ सल्लाहकार डा. अग्नि कोइराला, अध्यक्ष सन्तोष कुमार सूवर्णकार, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल शाह र निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार यजनामन नायकले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
विभिन्न सामाजिक कार्य र आपतकालिन कार्यका लागि स्थापमा भएको सुदूरपश्चिम समाजले नेपाल तथा कोरियामा रहेका धेरै संघसंस्थासँग सहकार्य गरेर विपन्न नेपालीहरुलाई सहयोग गर्दै आएको छ।
समाजले नेपालमा घट्ने दैवीप्रकोपका घटनामा समेत रकम संकलन गरेर सहयोग गर्दै आएको छ।
Facebook Comments Box