धनगढी: कैलालीको धनगढीमा बेहोस भेटिएर उपचारको क्रममा मृत्यु भएका एक युवकको परिवारलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।
हिजो सोमबार साँझ धनगढी उपमहानगरपालिका-३ स्थित शुभश्री रेस्टुरेन्ट एन्ड बारमा उनी बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
त्यसपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएपछि उनको त्यहीँ मृत्यु भएको थियो। तर, अन्दाजी ३८ वर्षीय ती पुरुषको हालसम्म पनि सनाखत हुन सकेको छैन।
प्रहरीले उनलाई चिन्ने जो कोहीले सम्पर्क गर्न अनुरोध गरेको छ। हाल लाश सेती अस्पतालको शवघरमा राखिएको छ।
Facebook Comments Box