कैलाली: २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ। यो मुद्दा हिजो हेर्दाहेर्दैमा राखिएको थियो।
हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले टीकापुर घटनामा चाैधरीसहितका व्यक्तिलाई दोषी ठहर गरेकाे थियाे। चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्।
जेलबाटै उनले आफूहरू निर्दाेष रहेकाे दाबी गर्दै उच्च अदालतको फैसला बदर हुनुपर्ने जिकिरसहित पुनरावेदन गरेका थिए। रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ।
Facebook Comments Box