कैलाली: कैलालीको धनगढीमा चार लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ बसपार्क पछाडि सुपप्र ०१००१ह४०८५ नम्बरको अटोबाट चार लाख ४४ हजार रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भन्सार छली सामान ल्याउँदै गरेका अटो चालक प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेका थिए । अटोमा रहेका सामान बरामद गरी अटोलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानमा खादा, धोती, साडीलगायतका लत्ताकपडा रहेका छन् ।
Facebook Comments Box