काठमाडौं – टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका लक्ष्मण थारुको जेल सजाय २ वर्ष कम भएको छ । सर्वोच्च अदालतले उच्च अदालत दिपालयको फैसला संसोधन गर्दै पाँच वर्षको जेल सजायलाई ३ वर्षमा झारेको हो ।
यसअघि कैलाली जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएकोमा उच्चले बढाएर पाँच वर्ष पुर्याएको थियो । अहिले सर्वोच्चले जिल्ला अदालतको फैसला सही ठहर्याएको छ ।
यसैगरी, टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका दुईजनाले सफाइ पाएका छन् । विद्रोह भनिने सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका हुन् ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मुख्य आरोपी रेशम चौधरीको सजाय भने सदर गरिदिएको छ । हाल जिल्ला र उच्चको फैसलाअनुसार चौधरीले जन्मकैदको सजाय खेपिरहेका छन् ।
Facebook Comments Box