काठमाडौँ – परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिमोथी ग्राहम वाट्सबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारमा परराष्ट्रमन्त्री साउद र सहायमन्त्री वाट्सबीच शिष्टाचार भेटवार्ता भएको हो ।
उनीहरुबीचको भेटघाटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।
साथै सहयोग अभिवृद्धि गर्ने र दुई राष्ट्रबीचको समझदारीलाई बढवा दिने उनीहरूबीच कुराकानी भएको परराष्ट्रमन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले बताए ।
Facebook Comments Box