धनगढी – नागरिक उन्मुक्ति पार्टीले सरकारमा बस्नुको औचित्य नभएको बताएको छ।
सर्वोच्च अदालतले पार्टीका संरक्षक रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएपछि पार्टीका प्रवक्ता दामेदर पण्डितले प्रदेश तथा संघीय सरकारमा बसिरहनुको औचित्य नभएको बताएका हुन्।
स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नाउपाले रेशमसहितका राजबन्दी रिहा गराउने प्रमुख चुनावी एजेण्डा बनाएको थियो।
हाल रेशम पत्नी समेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम सरकारमा पनि नाउपाको सहभागिता तथा समर्थन रहेको छ।
Facebook Comments Box