धनगढीः धनगढीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गर्ने तयारी पूरा भएको छ । मुल समारोह समितिको सचिवालयले धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।
पूर्व राजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोहकाबीच नागरिक अभिनन्दन गरिने समारोहका सञ्चार संयोजक ललित जोशीले बताए ।
नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्नेछन् । पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए ।
Facebook Comments Box