धनगढी : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सवार गाडी दुर्घटना भएको छ। बुधवार बिहान डोटीको गैराबजार नजिक गाडी दुर्घटना हुँदा भट्ट घाईते भएका छन्। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो।
महासचिव भट्टको ढाडमा चोट लागेको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए।
प्रहरीका अनुसार जोरायल गाउँपालिका वडा नं १ गैरा भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो। सो गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा पनि सवार थिए।
महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको बताइएको छ। गाडी नालीमा खसेर दुर्घटना भएको थियो।
Facebook Comments Box