कञ्चनपुर: कञ्चनपुरका पत्रकार प्रहरीले दादागिरी देखाएको भन्दै आक्रोशित भएका छन् । सुकासालमा भिडियो तथा फोटो खिचिरहेका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनहिरु आक्रोशित भएका हुन् ।
पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनापछि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाको सरुवा माग्ने निर्णय गरेको छ ।
बुधवार बिहान बैठक बसी एसपी थापा पत्रकारमैत्री नभएको र पत्रकारमाथि दादागिरी गर्ने गरेकाले सरुवा माग्ने निर्णय गरिरएको छ । आगामी ५ दिनभित्र एसपी थापाको सरुवा गर्न प्रहरी महानिरीक्षकलाई पत्राचार गर्ने र सो अवधिमा सरुवा नभए एसपी सहभागी कार्यक्रम बहिष्कार गर्ने निर्णय भएको छ ।
साथै पत्रकारको सुरक्षाका विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय समेत भएको छ ।