काठमाडौँ: सुदूरपश्चिमको खप्तड क्षेत्रमा केबलकार निर्माण गर्न सांसदहरुले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग आग्रह गरेका छन् ।
सुदूरपश्चिमका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीले महासंघका अध्यक्ष ढकाललाई भेट्दै यस्तो आग्रह गरेको हो । जवाफमा खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको महासंघका अध्यक्ष ढकालले बताए ।
खप्तडमा पर्यटकीय लगायतका पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्यांकन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।
Facebook Comments Box