काठमाडौँ: सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीले आफ्ना गल्ति लुकाउन पत्रकारलाई नै नियुक्ति दिएको आरोप लागेको छ । उपमेयर राम चलितर महतोले मेयर चौधरीले आफूले गरेका गलत क्रियाकलापका समाचार ढाकछोप गर्न नगरपालिकामा पत्रकारहरूलाई नियुक्ति दिएको आरोप लगाएका हुन् ।
महतोले प्रेस विज्ञप्ति जारी गर्दै आफूले गरेका गलत कार्यको समाचार बाहिर नआओस् भन्दै मेयरले गैरकानुनी रूपमा पत्रकार, पत्रकारका श्रीमती र केही नातेदारलाई करार नियुक्ति गरेकोमा विरोध जनाएका छन् । मेयरले गैरकानुनी रूपमा कानुनी सल्लाहकारसमेत नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments Box