धनगढी: धनगढीमा पछिल्लो समयम गर्मी निकै बढिरहेको छ । मंगलवार ३७ डिग्री सेल्सियस मापन गरिएको धनगढीको तापक्रम बुधवार पनि सोही अनुपातमा रहेको मौसम विभागले जनाएको छ ।
गर्मीको समयमा शरिरमा विभिन्न प्रकारका समस्या देखिने भएकाले दिउँसोको समयमा बाहिर ननिस्कन र निस्किनु परे छाता तथा पूरा शरिर छाप्ने लुगा लगाउन चिकित्सकले सुझाएका छन् ।
लु तथा गर्मी मौसममा हुन सक्ने अन्य रोगहरुबाट बच्न अत्याधिक मात्रामा पानी पिउनुपर्ने भनिएको छ ।
Facebook Comments Box