काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले रेशमलाल चौधरी हत्यारा भए फाँसी दिन भनेका छन् । उनले पत्रकार सम्मेलनमा यदि रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर फाँसी दिन माग गरेका हुन् ।
सर्वोच्च अदालतले नाउपाका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी अहिले आन्दोलित बनेको हो । वरिष्ठ उपाध्यक्ष पण्डितले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
यसअघि सीके राउतदेखि विप्लवसम्मको आन्दोलन राजनीतिक बन्दा ०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन ? भनेर सरकारलाई प्रश्न गरे । उनले भने, ‘हिजोका सम्मानित आदलतको फैसला न्यायमुर्तिहरुका निर्णय स्वीकार्य त छ तर यो राजनीतिक मुद्दा अदालती होइन ।’ नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएको बताएको छ ।
Facebook Comments Box