सुनसरी – प्रहरीले इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोसीमा छापा मारेको छ । हलगढास्थित यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार९आज० दिउँसो प्रहरीले छापा मारी सेवाग्राही ठगेको आरोपमा २२ जनालाई पक्राउसमेत गरेको छ ।
सेवाग्राहीसँग बढी पैसा असुल्ने र कार्यालयका महत्त्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारेर २२ जनालाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा कर्मचारीसहित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरू रहेको ती अधिकारीले बताएका छन् । यससँगै बजाज, होन्डा, यमाहा, भेस्वालगायत ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट यातायात कार्यालयका डेढ दर्जन बढी ढड्डा र फाइल र २३ वटा ब्लु बुकसमेत नियन्त्रणमा लिएको जनाएको छ ।