काठमाडौं– गत असार र साउनमा बाढीले क्षति पुगेपछि अवरुद्ध भएको मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ ।
मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो ।
यसअघि आयोजनाले यही महिना अर्थात् चैत भित्रै मेलम्चीको पानी काठमाडौँ ल्याइसक्ने जनाएको थियो । हेडवर्क्स र सुरुङको प्रवेशद्वार पुगेको गेग्य्रान हटाउन सरकारले सेना नै परिचालन गरेको छ ।
मेलम्ची खानेपानी आयोजना प्रमुख विष्णुदेव पौडेलले खासगरी बाढीको प्रभाव आयोजनाको टनेल (पानी पठाउने सुरुङ) र हेडवर्क्समा परेको छ । टनेलको भित्रसम्म गेग्य्रान, ढुङ्गा, माटो तथा फोहोरहरू थुप्रिँदा सफाइमा समय लागेको पौडेलले बताए ।
Facebook Comments Box