धनगढी- मनसुनको समय नजिकिएसगैँ विपद् पूर्व तयारीका लागि धनगढीमा छलफल थालिएको छ।
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न संघ÷संस्थाहरुसँग छलफल गरेको हो।
मन्त्रालयले सुरक्षा निकाय, विभिन्न संघरसंस्थासँगको सहकार्यमा विपद्बाट क्षति कम गर्न गर्नुपर्ने कामको बारेमा छलफल गरेको हो।
बर्षाको समयमा हुने सम्भावित विपद्लाई ध्यानमा रोखेर पूर्व तयारीका योजना निर्माणमा जोड दिइएको छ।
जिल्ला पशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले विपद्को समयमा पूर्व सैनिकहरुको प्रयोगसमेत गर्नुपर्ने बताए। उनले स्थानीय तहहरुसँग सो विषयमा छलफल गर्नसमेत आवश्यक रहेको बताएका छन्। सुदूरपश्चिम भूकम्पको उच्च् जोखिममा देखिएकाले सबैले यो क्षेत्रमा काम गर्नुपर्ने धारणा रागेका छन्।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव लक्ष्मी प्रसाद जोशीको सभापतित्वमा भएको छलफलमा सुपर परियोजना स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र, सबै सुरक्षानिकायका प्रतिनिधी लगायत विभिन्न बिषयगत क्षेत्रमा आवद्ध सरोकारबालाहरुको सहभागीता रहेको थियो।
सुदूरपश्चिममा विपद्को समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा रेडक्रश लगाएतका विभिन्न संस्थाहरुले पनि अ–आफ्नो तयारीका बारेमा जानकारी गराएका थिए।