काठमाडौँ – राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि (३ दिन) जेठ ७,८ र ९ गते छलफल गर्ने मिति तय गरेको हो ।
९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि जवाफ दिने कार्यतालिका रहेको छ ।
Facebook Comments Box