काठमाडौं: भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाल पक्राउ परेका हुन् ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
Facebook Comments Box