कञ्चनपुर: कञ्चनपुरका तीन पालिकामा आधुनिक साइरन जडान गरिएका छन् । जिल्लाको पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा आधुनिक साइरन जडान गरिएका हुन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहजीकरण,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बहुप्रकोपीय पूर्वसूचना प्रणालीका लागि पहिलो पटक आधुनिक (साइरन प्रणाली) जडान गरिएको नेपाल रेडक्रस सोसाइटी स्ट्रोङ परियोजना शुक्लाफाँटा नगरपालिकाका पालिका सहायक देवबहादुर महराले बताए । यो प्रणालीले सम्भावित विपद्बारे सर्वसाधारणलाई सूचित गर्नेछ । साइरन प्रणालीमा सिमकार्ड र इन्टरनेटको सुविधा हुने भएकाले स्थानीय पालिका, जिल्ला, प्रदेश र केन्द्रबाट सूचना प्रवाह गर्न सकिने बताइएको छ । प्रणालीले ध्वनी मात्र निकाल्ने नभएर स्थानीय भाषामा समेत सूचना वा जानकारी दिन सक्नेछ । साइरनको ध्वनी उपकरण राखिएको स्थानबाट करिब २ किलोमिटर टाढासम्म सुन्न सकिनेछ ।
Facebook Comments Box