दार्चुलाः दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको व्यास–१ को कुन्ति भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले बताएको हो ।
यार्सागुम्बा टिप्न गएका ऐतवालको माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ । त्यस्तै, ऐतवालसँगै गएका पुष्कर ऐतवाल घाइते भएको प्रहरीले बताएको छ।
Facebook Comments Box