डडेल्धुराः सनराइज बैंक डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–५ बागबजारमा प्रहरी बिट निर्माण गरेको गरेको छ ।
बैंकका शाखा प्रबन्धक गणेशसिंह साउदका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बजार अर्थात् बसपार्क क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि एक थान बिट निर्माण गरिएको हो ।
अमरगढी नगरपालिका, वडा कार्यालय र प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरिएको उनले बताए । बैंकलेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
Facebook Comments Box