काठमाडौँ: भुटानी नेता टेकनाथ रिजाललाई आज र भोलि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा रिजालको समेत संलग्नता खुलेपछि उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । रिजालसहित यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।
Facebook Comments Box