बैतडी: बैतडीमा टिप्पर दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-६ खरकारधारमा से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा सहचालक २४ वर्षीय अशोक बोहरा घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको कार्यालका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको र टिप्परका चालक सकुशल रहेका बताइएको छ ।
Facebook Comments Box