धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ।
संसदीय दलका नेता खगराज भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो।
यसअघि कञ्चनपुरका ओमबिक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी बिक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए। तर उनीहरुको नाम काटिएको छ।
Facebook Comments Box