बैतडी: बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका – ३ कुजागाडकी ३७ वर्षीया बिमला भाटको मृत्यु भएको हो।
गत बैशाख २३ गते आफ्नै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्।घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको थियो।
गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राती उनको मृत्यु भएक देवर जय सिंह भाटले जानकारी दिए।
Facebook Comments Box