कञ्चनपुर: कञ्चनपुरका आरक्ष पीडितहरु परराष्ट्रमन्त्री एनपी साउद र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेट्न काठमाडौं पुगेका छन्।
राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधवार काठमाडौं गएको थियो।
बिहीवार संसद् भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरू भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएका थिए। यस्तै कञ्चनपुर ३ का प्रतिनिधि सभा सदस्य रशेम लेखक र कञ्चनपुर १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पनि सो विषयमा छलफल तथा ध्यानाकर्षण गराएका थिए।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।
Facebook Comments Box