धनगढी: धनगढी उपमहानगरपालिका-५ स्थित ऐश्वर्य विद्या निकेतनलाई प्रोजेक्टर सहयोग गरिएको छ । नेपाल–भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष तथा व्यवसायी हरिशंकर ठाकुरले सो विद्यालयलाई ३ थान प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।
शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने द्येयका साथ विद्यालयलाई प्रोजेक्टर उपलब्ध गराएको रोटरी क्बल अफ धनगढीका पूर्व अध्यक्ष समेत रहेका ठाकुरले बताए । ऐश्वर्य विद्या निकेतनका सहायक प्राचार्य सञ्जय पन्तले प्रोजेक्टरका माध्यमबाट पठनपाठनमा सहज हुने भएकोले विद्यालयले सबै कक्षा कोठामा प्रोजेक्टर जडान गर्ने लक्ष्य लिएको बताउँदै सम्पूर्ण दाताहरूलाई सहयोग गर्न आग्रह पनि गरे ।
उनले करिब १ लाख ८० हजार रुपैयाँ बराबरको ३ थान प्रोजेक्टर हस्तान्तरण गर्ने व्यवसायी ठाकुरलाई धन्यवाद व्यक्त गरे ।
Facebook Comments Box