बैतडी: बैतडी शिवनाथ गाउँपालिकामा १० शैय्या आधारभूत अस्पतालको शिलान्यास गरिएको छ। गाउँपालिकाको वडा नम्बर ६ सुल्लेखानमा अस्पतालको शिलान्यास गरिएको हो ।
शुक्रबार एक कार्यक्रमबीच शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले अस्पतालको शिलान्यास गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानबाट १० शैय्या अस्पताल भवनको शिलान्यास गरिएको उनले बताए। कूल ७ करोड ३ लाख ७४ हजार २ सय ४९ रुपैयाँको लागतमा अस्पताल निर्माण भैरहेको छ।
निर्माणको जिम्मा एस मित्र जेभी निर्माण कम्पनीले पाएको र १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
Facebook Comments Box