डोटी: डोटीका महिलाहरु अहिले काफल बेचेर घरखर्च चलाइरहेका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका महिलाले काफल बेचेरै घरखर्च चलाइरहेका हुन् ।
जोरायल गाउँपालिका–१ गैराकी भगवती साउदले काफल बेचेर राम्रो आम्दानी भइरहेको बताइन् । त्यस्तै, शिखर नगरपालिका–१ कपल्लेकी खगीदेवी ऐरले अहिले काफल बिक्री गरेरै घर खर्च चलेको बताइन् ।
उनीहरुले काफल बेचेर दैनिक पाँच सयदेखि चार हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताएका छन् । न्यून आयस्रोत भएका परिवारका लागि काफल अहिले आम्दानीको स्रोत बनेको छ ।
Facebook Comments Box