दार्चुलाः दार्चुलामा गहुँ चुट्ने थ्रेसरमा परेर एक बालकको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीस्थित मल्लामट्टेका १३ वर्षीय विनोदसिंह धामीको मृत्यु भएको हो ।
गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका उनको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Facebook Comments Box