धनगढी: सुदूरपश्चिममा प्रदेश सरकार विस्तार गरिएको छ। आज (शनिबार) मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका हुन्।
जसअनुसार उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काङ्ग्रेसका पृथ्वीबहादुर सिंहलाई, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपटबहादुर साउदलाई र वन पर्यटन तथा वातावरण मन्त्रीमा माओवादीकै रमेशसिंह धामीलाई नियुक्त गरेका हुन्।
यस्तै, माओवादीकी गितादेवी माल वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेकी छन्। मन्त्रीत्रयले आज प्रदेश प्रमुख देवराज समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए भने राज्यमन्त्री मालले मुख्यमन्त्रीबाट सपथ लिइन्।
Facebook Comments Box