कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार राति कृष्णपुर नगरपालिका–४ मछेली नदी किनारमा करेन्ट लागेर ३४ वर्षीय प्रताप खुनाको मृत्यु भएको हो।
हावाहुरीले विद्युतको पोल ढल्दा साइकलमा यात्रा गरिरहेका उनलाई करेन्ट लगेको थियो।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीका अनुसार अहिले प्रहरी र जनप्रतिनिधिको टोली घटना स्थलमा छ। स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग राखेका छन्।
Facebook Comments Box