काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको कार्यकालमा सम्झन लायक बनाउने बताएका छन् ।
थोरै बोल्ने धेरै काम गर्ने सङ्कल्प लिएको उनको भनाई छ । राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौँको नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले भने,“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोली रहनुभएको छ । यो पटक म भन्न चाहिँ थोरै भन्ने काम चाहिँ धेरै गर्ने सङ्कल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिनदेखि त्यो गरिरहेको छु ।”
आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
२०७१ मा भएको निर्णय अनुसार आफूले सरकार प्रमुखको हैसियतले जनयुद्धका योद्धाहरूलाई दुई लाख दिन गरेको निर्णयको अनावश्यक विरोध भएको बताउँदै उनले विषयमा सर्वोच्च अदालतले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।