धनगढीः कैलालीको धनगढीस्थित हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। शनिवार विहान २ बजेको समयमा विद्यालयमा चोरी भएको हो।
विद्यालयबाट दुई जनाको युवाले ३ वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले जानकारी दिइन्। विद्यालयबाट ती सामान चोर्दाको फुटेज सिसिटिभी क्यामेरामा कैद भएको उनले बताइन्।
प्राचार्य पन्तले आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको बताइन।
Facebook Comments Box