काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाँणलाई सांसद मञ्जु खाँणले भेटेकी छन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतका अनुसर उनले आज खाँणलाई भेटेकी हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाँण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् ।
Facebook Comments Box