धनगढीः अर्थमन्त्री डा.प्रकाशशरण महतले सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर सहयोग गर्न तयार रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गएको टोलीलाई उनले आज यस्तो बताएका हुन् । संघीय सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न उक्त टोली सोमवार काठमाडौँ पुगेको थियो ।
सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्षी दलका नेताहरु प्रदेशको आर्थिक प्याकेज नघटाउन र प्रदेशमा महत्वपूर्ण गौरवका योजनाको माग गर्न अर्थमन्त्रीसँग छलफल गरेका छन् ।
Facebook Comments Box