डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा टंकबहादुर क्षेत्री चयन भएका छन्। अमरगढी नगरपालिका-५ का वडाअध्यक्ष समेत रहेका उनी उक्त विद्यालयको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
यस्तै समितिको सदस्यहरुमा श्याम सिनाल, रामशरण रोका, धनेश्वरी जोशी, राजु कैनी, रोजीना नेपाली र नरेशबहादुर थापा चयन भएका छन्। ९ सदस्यीय समितिको शिक्षक प्रतिनिधिमा शुभाष कुमार भट्ट र सदस्य सचिवमा विद्यालयका प्राचार्य सुरेन्द्र ऎर चयन भएका छन्।
नवनियुक्त अध्यक्ष टंकबहादुर क्षेत्रीले विद्यालयको शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरे। यस्तै उनले महेन्द्र माविलाई जिल्लाकै नमुना विद्यालय बनाउने लक्ष्य राखेको बताए।
उनले शैक्षिक गुणस्तर सुधारमा अभिभावकको समेत प्रमुख दायित्व रहने भएकाले सबै अभिभावकले विद्यालयमा नियमित सम्पर्क गरेर पृष्ठपोषण दिनुपर्ने बताए।
हाल विद्यालयमा अत्यधिक विद्यार्थी भर्ना भएकाले भौतिक संरचना अभाव रहेकोमा उक्त समस्या समाधान गर्न आफू लागिपर्ने उनले बताए।