दार्चुला: दार्चुलामा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका वृद्धलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि गोकुलेश्वरस्थित अस्पताल लगिएको थियो । थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट भर्खरै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Facebook Comments Box