धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पालले बैतडीकी घाइते किशोरीलाई भेटेका छन् । बैतडी क्षेत्र नं १ बाट निर्वाचित प्रदेश सभा सदस्य पालले धनगढीको कैलाली अस्पतालमा उपचाररत कुमारी ऐरको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् ।
भेटमा सांसद पालले उपचारमा सहयोग गर्ने बचन दिएका छन् । अस्पतालमै पुगेर उनले स्वास्थ्य अवस्था बुझेर आर्थिक सहयोग गर्ने बचन दिएका घाइते किशोरीका भाइ सुरेन्द्र ऐरले बताए ।
डिलाशैनी गाउँपालिका ७–मनेकुडाकी कुमारी ऐर यही जेठ ४ गते घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो ।
किशोरीको स्वास्थ्यमा अहिले सुधार हुँदै गएको पनि बताइएको छ । कुमारी बचाऔँ अभियान पनि सञ्चालन गरिएको छ ।
Facebook Comments Box