काठमाडौँ – संघीय संसद्को संयुक्त समितिको बैठक स्थगित भएको छ । बैठक यही जेठ १४ गतेसम्मका लागि स्थगित भएको हो ।
बुधबार अपराह्न ४ बजे बसेको बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा २०८० को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफल भएको छ ।
सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सहभागी भए ।
सभामुखले नियमावलीको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको छ । सो मस्यौदा प्रतिवेदनमाथि ७२ घण्टाभित्र प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन प्रस्ताव पेस गर्न सकिनेछ ।
Facebook Comments Box