धनगढी – कैलालीको गाैरीगंगा नगरपालिकाका वडाध्यक्षहरुलाई दुई बुदे मागराख्दै ज्ञापन पत्र बुझाइएको छ । बुधबार गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र र वडा मेलमिलाप केन्द्रहरु संयुक्त रुपमा वडाध्यक्षहरुलाई ज्ञापनपत्र बुझाएको हो ।
सुशासन मैत्रीपुर्ण वातावरण सिर्जना गर्ने मेलमिलापकर्ता र वडाका अभियानताहरुलाई पालिकाले आवश्यक बजेट विनियोजन गर्नुपर्ने र प्रत्येक वडाहरुमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको मेलमिलाप केन्द्रका संयोजक हेमन्तराज जोशीले(बाजे) बताए ।
उनले वडा तथा टोलस्तरमा सुशासन र मेलमिलापको वातावरण सिर्जना गर्न मेलमिलाप कर्ताहरुको महत्त्वपूर्ण भुमिका हुने भन्दै वडा कार्यालय र नगरपालिकाले आवश्यक बजेट तथा कार्यक्रमहरु विनियोजन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा ११ ओटै वडाका मेलमिलापकर्ताहरु किरण बुढा, चेतराज खडका, जगतराम चौधरी, करबिर चौधरी, पदम नेपाली, लछ्मी बोगटी कुँवर, नामसरा नेपाली, पार्बती बुढाऐर, देब वसन्त चौधरी, बाटु बिक र सुरेस भुल सहित नगरभित्रका ५० जनाभन्दा बढी मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
उनीहरुले आ आफ्नो वडामा मेलमिलाप केन्द्र स्थापना र त्यसको सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए ।
यस्तै जेठ १३ गते नगरपालिका प्रमुख र उप-प्रमुखलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
Facebook Comments Box