काठमाडौँ – २० वर्ष अध्यापन गराएका शिक्षकहरूलाई अवकाश सुविधा दिइने भएको छ ।
दोलखाको तामाकोसी गाउँपालिकाले शैक्षिक सुधारको लागि २० वर्ष सेवा अवधि पुगेका इच्छुक शिक्षकलाई अवकाश दिएर ससम्मान बिदाइ गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले कार्यविधि बनाएर २० वर्षदेखि अध्यापन गराउँदै आएका र ५५ वर्ष माथिका इच्छुक शिक्षकहरूलाई सुविधासहित अवकाश दिन दिन लागेको प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद शर्मा वाग्लेले बताए ।
उनले प्रशासनसँग भने, ‘यो नगरपालिकाले कार्यविधि नै बनाएर स्वर्णिम अवकाश योजना कार्यक्रम अघि सारिएको हो, अवकाश सेवा लिन इच्छुक हरुका लागी हो कसैलाई जबरजस्ती हुँदैन ’
यसको प्रक्रिया तत्काल अगाडी बढाउने तयारीमा रहेको पनि उनले बताए ।
पालिकाभित्रका इच्छुक शिक्षकहरूले आवश्यक कागजातसहित पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने शिक्षा अधिकृत मेनुका बास्कोटाले जानकारी दिइन्। अवकाश जान इच्छुक शिक्षकहरूलाई नगरपालिकामा निवेदन दिन भनिएको छ ।
उनले भनिन्, ‘भर्खर हामी यसको सुरुवातमा छौ, प्रक्रिया अघि बढेको छ २र३ जना सरहरू सम्पर्कमा पनि आउनु भएको छ, नयाँ आर्थिक बर्सदेखि विस्तृत रूपमा अगाडी बढ्छौ ।’
उनका अनुसार शैक्षिक अवकाश लिन चाहने शिक्षकलाई रु ३ लाख रुपैयाँ पालिकाले उपलब्ध गराउनेछ।
पालिकाले कार्यविधि बनाएर पालिकाभित्र प्रधानाध्यापक नियुक्ति गर्ने पनि जनाएको छ।