एजेन्सी: मध्य जापानमा छुरा प्रहार र गोली हानाहानमा चार जनाको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । आक्रमणकारीले नागानो प्रान्तको नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनुअघि एक महिलालाई छुरा प्रहार गरेका थिए ।
घटनामा चौथो व्यक्तिको मृत्यु ढिलोगरी पुष्टि भएको बीबीसीले जनाएको छ । पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको समाचारमा जनाइएको छ ।
गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भए पनि जापानमा बन्दुक हिंसा अत्यन्तै दुर्लभ मानिन्छ ।आक्रमणकारीको उद्देश्य प्रस्ट भएको छैन ।
Facebook Comments Box