धनगढी: कैलालीको धनगढीमा प्रहरीले ५६ हजार रुपैयाँ बराबरको अवैध समान वेवारिसे अवस्थामा फेला पारेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ र वडा नम्बर ३ बाट बिहीबार ५६हजार बराबरको वेवारिसे अवस्थामा अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले धनगढी उपमहानगरपालिका– २ को वडा कार्यालय नजिकैबाट भारतबाट भन्सार छली ल्याएको २७ हजार रुपैयाँ पर्ने समान बरामद गरिएको जानकारी दिए । उनका अनुसार अचार, गुट्का, सुर्त, ललिपप लगायतका सामान बरामद गरिएको हो।
दुवै स्थानबाट बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box