धनगढीः धनगढीको सिक्स लेन सडकमा लाइट जडान गरिएपछि अहिलेको लोकप्रिय संजाल टिकटक प्रयोगकर्ताहरुको भीड लाग्न थालेको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडकमा स्मार्ट सडक लाइट जोडिएपछि ‘टिकटिके’को भीड लाग्न थालेको हो। साझको समयमा सो सडकमा टिकटक बनाउनेको मात्रा बढेको बताइन्छ।
अहिले ६ लेन सडक टिकटक बनाउने थलो बन्दै गएको स्थानीय कमल पनेरुले बताए। ६ लेन सडकमा सबैभन्दा बढी भाटभटेनी आसपास, राजपुर क्षेत्र हुँदै धनगढी विमानस्थल प्रवेश गेट नजिक टिकटक बनाउने युवायुवतीको संख्या बढेको हो।
Facebook Comments Box