काठमाडौं– कंगोमा विद्रोहीको गोली लागेर शान्ति सेनामा गएका एक नेपाली सैनिक घाइते भएका छन् । मंगलबार संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ शान्ति सेनाको पहिलो पहिलो डफ्फामा कार्यरत नेपाली सैनिक घाइते भएका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार पहिला विद्रोहीको कब्जामा रहेको जमिनलाई उनीहरुबाट छुटाई नेपाली सेना उक्त स्थानमा पुगेको थियो । त्यसै क्रममा अज्ञात स्थलबाट विद्रोहीले चलाएको गोली लागी एकजना घाइते भएका हुन् ।
‘घाइते सैनिकलाई हेलिकप्टरमार्फत उद्धार गरी, बुनियामा रहेको लेबल–२ अस्पतालमा उपचार भइरहेको छ’, उनले भने ।
Facebook Comments Box